153
बुटवल ।रुपन्देहीमा पछिल्लो २४ घन्टामा २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६२१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सैनामैना नगरपालिकामा ३८ जना, तिलोत्तमा नगरपालिकामा ३७ जना, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकामा १८÷१८ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ११ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।