100
काठमाडौं। संसद विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको छ । आज (बिहीबार) को बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै १९ वटा रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।
बजेट आउँछ–आउँदैन थाहा नभएको अवस्थामा आन्तरिम आदेश दिन नपरेको बताउँदै उनले सबै रिट अब संवैधानिक इजलासमा सुनुवाइ हुने बताएका छन् ।
