156
बुटवल । रुपन्देहीको बुटवल -१० कालिकानगरमा एकै परिवारका ३ जना सदस्यको कोरोना संक्रमणबाट निधन भएको छ । उनीहरुको ८ दिनको अन्तरालमा ६१ बर्षीय पुरुष , उनकी धर्मपत्नी ५९ बर्षीय महिला र ३९ बर्षीय उनका छोराको मृ त्यु भएको हो ।
बाबुछोराको उपछारका क्रममा भरहवा स्थित युनिभेर्सल कलेज अफ साइन्सेसमा मृत्यु भएको हो भने आमाको होम आइसोलेसनमा निधन भएको हो । आमाको जेठ ५, छोराको जेठ ७ र बाबुको जेठ १२ गते मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले बताए ।