बुटवल । रुपन्देहीमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १४४३ जनाको कोरोना परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा २७ जना, तिलोत्तमा नगरपालिकामा ३१ जना, सिद्धार्थनगर नगरपालिकामा २० जना, सैनामैना नगरपालिकामा ८ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना र अन्य केही पालिकाहरुमा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ९५६ पुगेको छ । हाल जिल्लामा ३ हजार ५३० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३८४ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २२ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।