सबैका प्यारा बुद्ध

Shares

पुकारिरहेछ प्रत्येक पलहरुमा,
यो देश नेपालले मात्र तिमीलाई
बोलिको अति स्वच्छ र ज्ञानको
सागर जत्तिकै शुद्ध तिमीलाई।

आफ्नो सुपुत्रको त्यो देन बुझेर
नेपाल आमा रोइरहेछिन् अचेल
सम्झिएर २५६५ वर्ष पहिलेका
सबका प्यारा बुद्ध तिमीलाई।

आत्तिदै,लामो सुस्केरा हाल्दै फेरि
एकचोटि भएपनि आउ भन्दैछिन्
पुनर्जीवनको बाटो हिडेर मेरो छोरो
यो देश तिमीले नै सजाउ भन्दैछिन्।
यो देश तिमीले नै बचाउ भन्दैछिन्।

हाम्रो अभाव बिन्ति पुरा गर्देउ न अब
रुदारुदै ढल्नलाई मात्रै बाकी भएकी
आमाको ओठमा हासो भर्देउ न अब
नशाले अन्धकारमा भासिएकाहरुमा
गौतम बुद्ध पवित्र जल छर्देउ न अब

आफुले एकैफेर उपस्थिति जनाएनि
त्यो देश धन्य हुनेछ भन्ने मानेर नै।
आउनु ल क्रान्तिको सोचलाई लिएर
मेरो जरुरत छ त्यहाँ भन्ने जानेर नै

यी समस्याको समाधान गर्ने बाटो खोजेर
भत्किदै गरेको देशलाई उठाउन आउ है
ए सिद्धार्थ सत्मार्गको पाठ पढाउन अनि
जिवनको अर्थ तिमीले बुझाउन आउ है।

-सम्पुर्णमा बुद्ध जयन्तिको हार्दिक मंगलमय शुभकामना

अमृता भन्डारी (सानी)
बुटवल

You may also like

This will close in 0 seconds