राजनीति हिजो गिरिजाप्रसाद विरुद्ध थियो, आज ओली विरुद्ध : शंकर पोखरेल

by समतल अनलाइन
Shares

बुटवल। नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत भए जस्तै आज प्रधानमन्त्री केपी ओली विरुद्ध केन्द्रीत भएको दाबी गरेका छन् । गिरिजाप्रसाद विरुद्ध घेराबन्दी हुदा मुलुक वहुआयामिक द्वन्द्वको शिकार वनेको उल्लेख गर्दै आज ओली विरुद्ध घेराबन्दीले पनि राजनीति पुनः त्यहीवाटो हिड्न लागेको भान भएको उनको भनाई छ ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा ओली विरुद्ध घेराबन्दी जारी रहे मुलुक वहुआयामिक द्वन्द्वको शिकार बन्ने घुमाउरो चेतावनी समेत दिएका छन् । हिजो घेराबन्दीपछि मुलुक द्वन्द्वमा गएको र उक्त द्धन्द्धको समधानको लागि गिरिजाप्रसादको खोजी भएको उल्लेख गर्दै भोली ओलीको खोजी गर्नुपर्ने दिन आउन सक्ने उनको भनाई छ ।

मुख्यमन्त्री पोखरेलले लेखेका छन्,‘अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिवेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो । मुलुक वहुआयामिक द्वन्द्वको शिकार वन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिड्न लागिरहेको भान भइरहेको छ ।’

मुख्यमन्त्री पोखरेलले विपक्षीहरुको घेराबन्दी दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदम रहेको जिकिर गर्दै यसले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित भएको उनको दाबी छ । उनले भनेका छन्, ‘त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही वाटोमा अघि वढौ ।’

ओलीका विरुद्धको प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले ओलीप्रति नै सर्वसाधारणको सहानुभूती बढेको उनको भनाई छ । उनले भनेका छन्, ‘आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् ।’

You may also like

This will close in 0 seconds