१९२ लिटर न्यून गुणस्तरको स्यानिटाइजर बरामद

by समतल अनलाइन
Shares

स्याङजा। स्याङ्जामा १९२ लिटर न्यून गुणस्तरको स्यानिटाइजर बरामद गरिएको छ । पुतलीबजार नगरपालिका–१, प्रगतिनगर घुम्ती र चन्द्रनगर घुम्तीस्थित दुई ठाउँमा लुकाइराखेको १९२ लिटर न्यून गुणस्तरको स्यानिटाइजर सोमबार प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले सोही नगरपालिका–१ प्रगतिनगर घुम्तीस्थित पुतलीबजार पुतलीबजार–१, कालाखोला बस्ने ४७ वर्षीय देवेन्द्र पौडेलको कोठाबाट उत्सव डिटर्जेट एन्ड कस्मेटिक उद्योगबाट उत्पादित ९० लिटर तथा ग्लोबल हेल्थ केयर भारत लेखिएको ९० लिटर र पुतलीबजार नगरपालिका–१, चन्द्रनगर घुम्तीस्थित दिलिप श्रेष्ठको रोल बराह सप्लायर्सबाट १२ लिटर गरी १९२ लिटर स्यानिटाइजर बरामद गरेको जनाइएको छ ।

 

You may also like

This will close in 0 seconds