वुटवल । यही जेठ १७ गते हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा ४ जना प्रदेश मन्त्रीले मत दिन नपाउने भएका छन्। निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ। जसमा जनता समाजवादी पार्टीले कारवाही गरेका प्रदेशका मन्त्री सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको नाम छैन।
८७ जना सदस्य रहेको लुम्बिनीमा प्रदेशसभाले जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना, र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना सांसदको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो।

प्रदेशसभा सचिवालयले निर्वाचन आयोगमा पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ। कार्यालयले जेठ ३ गते नै अन्तिम नामावली प्रकाशन गरेको हो । वैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाकै सांसद केही घन्टामै मन्त्री भएपछि जसपा संसदीय दलले सांसद पद नै नरहने गरी कारवाही गरेको थियो ।
सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन्। तर, अन्तिम नामावली प्रकाशित भएपछि सर्वोच्चको फैसला भएकाले मतदातामा मन्त्रीहरुको नाम नरहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । निर्वाचन कार्यालयले राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ।
नेकपा एमालेबाट प्रदेशसभा सदस्य बनेका दिर्गनारायण पाण्डेले सांसद पदबाट राजीनामा दिएर कांग्रेसबाट उम्मेदवार बनेका हुन । नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेपछि राष्ट्रियसभा सदस्यबाट कारवाही गरेका चन्द्र बहादुर खड्का एमालेबाट उम्मेदवार बनेका थिए । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले दुवैलाई आइतबार चुनाव चिह्न प्रदान गरेको छ। पाण्डेले रुख र खड्काले सूर्य चिन्ह पाएका छन्।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको सर्मथन रहेको छ । लुम्बिनीमा राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले प्रभावित बनाउने भएको छ। यहाँ एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी निणर्ायक देखिएका छन ्।