गोविन्द भुसाल
बुटवल। रानिमहल जाने वैकल्पिक मार्ग को रूपमा प्रयोग हुदै आएको गाइघाट कल्लाबारी टाँकिचौर कालीगण्डकी करिडोर हुँदै रानिमहल
सम्म पुग्न सकिने यो बाटो अब पर्यटकीय मार्गको रूपमा बिकास हुने भएको छ । यो बाटो अन्तर्गत गाइघाट खोलामा पक्की पुल निर्माणको काम समेत अघि बढेको छ ।

यस्का लागि टेन्डर समेत आवान गरिएको छ सडक पुर्वाधार विकास कार्यलय पाल्पाका इन्जिनियर अरुण कुमार गुप्ता को भनाइ अनुसार
मु.अ. कर रअन्य खर्च सहित करिब दुई करोड पचास लाख को लागतमा पुल निर्माण हुने भएको छ ।यो पुल एक वर्ष भित्र बनाइसक्नु पर्ने छ
। पुलनिर्माण भैसके पछि बर्खा मा आवतजावत सहज हुने र पर्यटन विकासलाई समेत टेवा पुग्ने छ ।
यो बाटो हुँदै रानिमहल र कालीगण्डकी नदिको आनन्दमय दृश्य अवलोकन गर्दै जान सकिने र यस क्षेत्रमा रानिमहल भ्युपोइन्ट निर्माणको
कुरा समेत अगाडि बढाइएको माननीय वीर बहादुर राना ले जानकारी दिनु भयो ।
पुल निर्माण पछि यस क्षेत्र लाई पर्यटकीय नगरी बनाउने अध्ययन भैरहेको समेत राना ले भन्नू भयो यो वर्ष पुल निर्माण गिरिने र अर्को वर्ष
बाटोको स्थर उन्नति मा पहल गर्ने र पर्यटक लाई आकर्षक पार्न बाटो भरी विभिन्न जातका फुल फुल्ने बोट हरु लगाउने मगर सस्कृती झल्किनेखाल्का
होमस्टे संचालन गराउने र पर्यटकीय नगरिको रुमा विकास गर्ने अध्यन गर्दै काम अगाडी बढाएको रानाले बताउनु भयो ।