123
बुटवल । रुपन्देहीमा पछिल्लो २४ घन्टामा ५४० जनाको कोरोना परीक्षण गर्दा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा आज ७ जना संक्रमितको कोरोनाबाट मृत्यु भएको छ । यससंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३९५ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुटवल उपमहानगरपालिकामा ५५ जना, तिलोत्तमामा ६६ जना सैनामैना नगरपालिकामा ३४ जना, देवदह नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा १४ जना, कञ्चन गाउँपालिकामा १३ जना, शुद्धोधन गाउँपालिकामा १२ जना, ओमसतिया गाउँपालिकामा १० जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।
previous post