” कालीगण्डकी गाउँपालिका कोविड संजाल”द्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

by समतल अनलाइन
Shares

बुटवल । कोभिड–१९ को जोखिम हुन नदिनका लागि ” कालीगण्डकी गाउँपालिका कोविड सहयोग संजाल”को नेतृत्वमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ  । कालिगण्डकी गाउपालिका स्थायी घर भइ  बुटवलमा विभिन्न पेशा व्यवसायी गरी बसेका ६ जना युवाको नेतृत्वमा स्वास्थ्य सामग्री कालिगण्डकी गाउपालिकालाई हस्तान्तरण गरिएको हो  ।

गुल्मी जिल्लाको कालिगण्डकी गाउपालिका कोरोनाबाट अत्यन्त जोखिम भएकाले स्वास्थ्य सामग्रीले गाउपालिकामा अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सामग्री प्रदान गरिएको संजालका अभियन्ता अनिस ढकालले जानकारी  दिए ।

कालीगण्डकी गाउपालिका वार्ड – ६ घर भइ बुटवलको सुख्खानगर बस्ने डा.इन्द्र ढकाल र डा. शान्ता शर्माको समन्ययमा लायन्स क्लव अफ उजेसबाट ४० हजार बराबरको स्वास्थ्य सामग्री क्लवका अध्यक्ष सोनाली गुरुङले प्रदान गरेकी थिइन् भने  पाइला नेपाल फाउन्डेसनले २० हजार बराबरको स्वास्थ्य सामग्री फाउन्डेसनका अध्यक्ष मन्जु संजेलले प्रदाग गरेकी थिइन ।  त्यसै गरी समन्ययकर्ता डा. इन्द्र ढकाल र डा. शान्ता शर्माले संयुक्त रुपमा १० हजार बराबरको स्वास्थ्य सामग्री पनि प्रदान गरेका छन् ।

पीपीई’  सर्जिकल मास्क,  ग्लोब्स,  फेस कभर ‘ तापक्रम थाहा पाउनका लागि प्रयोग गरिने थर्मल गन प्रदान गरिएको संजालका अभियन्ता ढकालले जानकारी दिए  । ” कालीगण्डकी गाउँपालिका कोविड सहयोग संजाल”लाई आगामी दिनमा सामाजिक संस्थाको रुपमा दर्ता गरी काम गर्ने योजना रहेको अभियन्ता अनिस ढकाले जानकारी दिए ।

 

 

 

 

You may also like

This will close in 0 seconds