108
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब अध्यादेशमार्फत नै जेठ १५ गते बजेट आउने जानकारी दिएका छन् । आज (आइतबार) पत्रकारसँगको छलफलमा उनले राष्टपति विद्यादेवी भण्डारीले यही जेठ १५ मै बजेट प्रस्तुत गर्ने बताएका हुन् । यसअघि नै घोषणा गरिएका कार्यक्रमलाई प्राथमिकता दिएर बजेट आउने उनको भनाइ छ ।
उनले कोभिडलाई प्राथमिकता दिएरै बजेट आउने स्पष्ट पारे । विकास निर्माणका आयोजनालाई प्राथमिकता दिए पनि नयाँ ठूला आयोजना नआउने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’