काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले पनि प्रचण्ड पथ अपनाउन खोजेको आरोप लगाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै ओलीले आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसले पनि माओवादी केन्द्रले लिएको कार्यदिशा प्रचण्ड पथ अपनाएको आरोप लगाए । हिजो कांग्रेस सभापति शेरबहादुर देउवाको भाषा शैलीप्रति आक्रोश पोखेका ओलीले भने, ‘आफूलाई प्रजातन्त्रिक भन्ने पार्टीले समेत प्रचण्ड पथ अपनाउन खोज्यो ।’
माओवादी केन्द्रप्रति निकै आक्रोशित ओलीले हिंसाबाट सत्ता कब्जा गर्न नसकेको माओवादीले लोकतन्त्रलाई तहस नहस पार्न खोजेको आरोप लगाए । ‘हिंसालाई निरन्तरता दिन नसकेपछि शान्तिपूर्ण बाटोमा आए । हिंसाको बाटोबाट सत्ता कब्जा नभएपछि, ट्याक्टिकल मुभ (रणनीतिक चाल) बाट शान्तिपूर्ण ढंगले लोकतान्त्रिक बाटोमा आउने नीति लिएका हुन्,’ ओलीले थपे, ‘लोकतन्त्रलाई सिध्याउन लाग्नुभएको हो ।