136
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ । त्यसको तयारी भइरहेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
‘यो एकाएक आएको होइन, अस्ती बेलुकादेखि तानाबाना बुनिँदै थियो । यो अहिलेको मात्रै घटना होइन । शुरुदेखि नै यो संसद फाल्ने, परिवर्तनलाई उल्ट्याउने, संविधान फाल्ने, समावेशी लोकतन्त्रलाई सिध्याउने गरिएको थियो, यो त्यसैको निरन्तरता पनि हो’, उनले भने ।
उनले अहिलेको अवस्थामा कसरी चुनाव हुन सक्छ भन्दै प्रश्न समेत गरेका छन् । ‘हामी कानुनी र राजनीतिक लडाईं लड्छौं । शव गाड्न जनताले साथ पाएका छैनन् । आर्यघाटमा शव जलाउन सकिने अवस्था छैन’, उनले भने, ‘जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?’