`साचो मायाको´अपार सफलतापछि अस्मिता क्षेत्रीको `मुटु गालेको´ म्युजिक भिडियो सार्वजनिक

Shares

गोविन्द भुसाल
बुटवल। पाल्पामा जन्मिएर बुटवलमा बस्दै आएकी अस्मिता क्षेत्रीको तेस्रो गित `मुटु गालेको´ लोकगित सार्वजनिक भएको छ।

पछिल्लो समयमा बजारमा दिन प्रति दिन नयाँ नयाँ लोक दोहोरी गीत बजारमा आइरहेका छन्। लोक सस्कृती लाई मान्छेले अहिले भुल्दै गएको बेला सहि कुराको जगेर्ना गर्ने उदेश्यले `मुटु गाठोको´ म्युजिक भिडियो योग्सना डिजिटल युटुव च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ।

नेपाली लोक संगीतको बजारमा मौलिकता झल्कने गितमा पुरुष आवाज श्री कृष्ण अर्यालको रहेको छ त्यस्तै महिला आवाजमा अस्मिता क्षेत्री रहेको छ भने लय गणेश अधिकारीको रहेको छ।

उक्त गीतमा शब्द प्रदिप प्रखर पोखरेलको रहेको छ भने एरेन्ज बिनोद बाजुरालीको रहेको थियो। गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गर्नुभएको छ भने सारिका के.सि र गणेश अधिकारी लगायतको उत्कृष्ट अभिनय देख्न पाइन्छ।

अस्मिता क्षेत्रीको यो तेस्रो गित हो।उनको पहिलो तिज गित अनदिको चामल´ र दोस्रो लोकगित `साँचो मायाको´ सफलता पछी अहिले मुटु गालेको´ लोकगित बजारमा सार्वजनिक भएको छ।

You may also like

This will close in 0 seconds