131
विराटनगर । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट शिक्षण अस्पतालमा गरी बिहीबार एकै दिन ११ जना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर–८ का ४६ वर्षीय र ७६ वर्षीय पुरुष, विराटनगर ९ की ५५ वर्षीया महिला र ८६ वर्षीय पुरुष, विराटनगर १० का ७० वर्षीय पुरुष, सुनसरीको इटहरी–७ का ३० वर्षीय पुरुष, इनरुवा–३ का ४८ वर्षीय पुरुष, झुम्का–१ का ४३ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ की ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।