128
कपिलवस्त। नेकपा माओवादी केन्द्रका कपिलवस्तुका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि गोली प्रहार भएको छ ।तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा बुधबार राति करिब ११ बजेतिर पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको प्रहरीले जनाएको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ । तौलिहवातर्फ जाँदै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको अधिकारीले बताए ।घाइते पाण्डेलाई उपचारका लागि डीएसपी धर्मराज भण्डारीले बुटवल लगेका थिए ।