129
काठमाडौं। सरकारले देशका विभिन्न जिल्लास्थित निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।