73
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,८९१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ८,२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९६ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कुल ५ हजार ४११ जनाको मृत्यु भएको छ । नेपालमा हाल १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।
