दामोदर पुडासैनीलाई लेखापरीक्षण विषयको नेपालको पहिलो विद्यावारिधि

by समतल अनलाइन
Shares

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले दामोदर पुडासैनीको शोधप्रवन्ध ‘कम्यारेटिभ स्टडि अफ एनसेन्ट एण्ड मोर्डन गभरमेण्ट अडिटिङ सिस्टम’ (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) लाई विद्यावारिधि –पीएच.डी.) उपाधि प्रदान गरेको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले निर्णय गरि उक्त उपाधि प्रदान गरेको हो । यस अघि पुडासैनीले गएको असोजमा पूर्व वाक् परीक्षा (प्रि भाइवा) र फागुनमा वाक्परीक्षा –भाइवा) मा सफलता हाँसिल गरेका थिए ।

दामोदर पुडासैनीले हाँसिल गरेका लेखापरीक्षण विषयको नेपालको पहिलो विद्यावारिधि हो ।
त्रिभुवन विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा.डा.सञ्जयकुमार श्रेष्ठ पुडासैनीको शोध निर्देशक हुनुहुन्छ भने त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. भोजराज अर्याल र नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. सुधनकुमार पौडेल पुडासैनीका शोध विशेषज्ञ हुनुहुन्थ्यो । त्यस वाहेक प्रा.डा. गणेश अधिकारी र डा. हरिदत्त पाण्डेय पुडासैनीका बाह्य परीक्षकको रुपमा रहनुभएको थियो ।

शोधप्रबन्धमा पुडासैनीले प्राचीन कालदेखि वर्तमान सम्मको लेखापरीक्षणको विकासको विश्लेषण गरि आगामी दिनमा लेखापरीक्षण क्षेत्रमा गर्नुपर्ने सुधारका बाटाहरूसमेत औंल्याउनु भएको छ । लेखापरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी भ्रष्टाचारको पहिचान र निवारणमा समेत लेखापरीक्षण सहायक सिद्ध गर्ने बाटाहरू कम जनशक्तिबाट बढी परिणाम र गुणस्तरीय लेखापरीक्षण गर्ने उपायहरू, लेखापरीक्षणको माध्यमबाट तत्कालै त्रुटी, भूल, जालसाँजी र हिनामिना पत्ता लगाई सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धनका बाटाहरू देखाउने कार्यमा समेत पुडासैनीको शोधप्रवन्धले मार्ग प्रशस्त गरेको छ ।

पुडासैनीको शोधप्रबन्धमा निकालिएको निष्कर्षलाई अबलम्वन गर्ने हो भने राष्ट्रमा गरिएको आम्दानी र खर्चको सदुपयोग हुने, तत्क्षणमा लेखापरीक्षण गरि तत्कालै सुधारको क्षेत्र अनुशरण गर्न सकिने हुँदा लेखापरीक्षण क्षेत्रमा विश्वमै आमूल परिवर्तन आउने स्थिति छ । उनका निष्कर्षले सरकार, अनुसन्धानकर्ता, लेखापरीक्षण क्षेत्रका विविध पक्षहरू र सर्वसाधारणसमेत उच्च रुपमा लाभान्वित हुने स्थिति छ ।

लेखापरीक्षण विषयमा नेपालमा पहिलो विद्यावारिधि –पीएच.डी.) हाँसिल गर्नुहुने दामोदर पुडासैनीले लेखापरीक्षण क्षेत्रमै सैंतीस वर्ष कार्य गरि नायब महालेखा परीक्षकको पदबाट गत जेष्ठ महिनामा सेवा निवृत्त हुनु भएको थियो । त्यसपछि तत्कालै त्रिभुवन विश्वविद्यालयले उहाँलाई आर्थिक व्यवस्थापन विज्ञको रुपमा नियुक्त गरेको थियो । त्यसबाहेक धेरै संस्थाहरूको आर्थिक तथा प्रशासनिक सुधारका लागि पुडासैनीले आफ्नो योगदान पु¥याउँदै आउनुभएको छ ।

दामोदर पुडासैनी वरिष्ठ साहित्यकार पनि हुनुहुन्छ । हालसम्म उहाँका पाँच नियात्रासङ्ग्रह, दश कवितासङ्ग्रह र एक दर्शन कृति गरि सोह्र पुस्तकहरू प्रकाशित छन् । दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नु भएका दामोदर पुडासैनीले गत माघमा एक लाख एकहजार रकमको धर्मानन्द रामप्यारी सिटौला चेतना संरक्षण पुरस्कार प्राप्त गर्नुभएको थियो भने चैत्र महिनामा राष्ट्रपतिले जनसेवाश्री पदकद्वारा विभूषित गर्नुभएको थियो ।

त्यसबाहेक पुडासैनीका कृतिहरूले उत्तम शान्ति पुरस्कार, व्यथित काव्य पुरस्कार, तन्नेरी पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू हाँसिल गरेका छन् ।

त्यसबाहेक पुडासैनीका कृतिहरूले उत्तम शान्ति पुरस्कार, व्यथित काव्य पुरस्कार, तन्नेरी पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू हाँसिल गरेका छन् ।पुडासैनीले नेपालका छयहत्तर जिल्ला र विश्वका चार दर्जनभन्दा बढी मुलुकहरूको भ्रमण गरेका छन् । लेखापरीक्षण विषयको पहिलो विद्यावारिधि उपाधि हाँसिल गर्नुभएकोमा बैशाख २ गते पुडासैनीलाई सारथि नेपालले सम्मान अर्पण गरेको छ ।

बरिष्ठ साहित्यकार दामोदर पुडासैनीको कृतिहरू र उहाँको ब्यक्तित्व र कृतित्वमा विश्वविद्यालयका १६ विद्यार्थिहरूले शोधप्रबन्ध तयार गरिसकेका छन् ।

You may also like

This will close in 0 seconds