89
बुटवल । वीपी स्टडी युथ सर्कलको लुम्बिनी प्रदेश सचिवमा राम भण्डारी मनोनित भएका छन् । सर्कलका लुम्बिनी प्रदेश अध्यक्ष लक्ष्मण गौतमले एक विज्ञप्ती जारी गर्दै भण्डारीलाई प्रदेश सचिवमा मनोनित गरिएको जानकारी गराएका हुन् ।
जननायक वीपी कोईरालाको जीवन संघर्ष, उनको विचार, साहित्य, दर्शन र उनका विभिन्न पुस्तकहरुको अध्ययन, विचार र विमर्शको लागि देशैभरी वीपी कोईराला अध्ययन समूह गठन गर्न लागिएको केन्द्रिय अध्यक्ष ई.ऋषि कोईरालाले जानकारी दिए । यसैअनुरुप लुम्बिनी प्रदेशको सचिवमा भण्डारीलाई मनोनित गरिएको हो ।
