बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड फोकल पर्सन डा.नन्दु पाठकले फन्टलाइनरलाई अनिवार्य कोरोना भ्याक्सिन लगाउन आग्रह गरेका छन् । कोरोना रोकथाम र नियन्त्रणको लागि खोप नै उपयुक्त रहेको बताउँदै फन्टलाइनमा काम गर्ने सञ्चारकर्मीहरुलाई अनिवार्य कोरोना भ्याक्सिन लगाउन आग्रह गरेका हुन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार आयोजनामा कोरोना महामारीमा सञ्चारमाध्याम र पत्रकारको भूमिका विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै डा. पाठकले कोरोना संक्रमणबाट बच्न डबल मास्क लगाउने, सर्जिकल मास्क लगाउने, भौतिक दुुरी कायम गर्ने, साबुुनपानीले पटक पटक हात धन समेत सुझाब दिएका छन् । उनले भीडभाड, सोर्केस, टेबल, ढोकाका हेन्डिलमा तीन देखि ७ दिनसम्म कोरोना बस्ने हुनाले उक्त वस्तु सेनिटाइज गनुुपर्ने, एयर फलो भएको कोठामा बसेर काम गर्न सञ्चारकर्मीलाई सुुझाव दिए ।