128
काठमाडौं। कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका कर्मचारीले एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएका छन् । पुनः नियुक्त भएपछि कार्यभार सम्हाल्न पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यस्तो निर्णय गरेका हुन् ।
यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी भत्ता पाउने सूचीमा थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने मन्त्रालयले जनाएको छ । उक्त अवसरमा उनले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
previous post