तुच्छ सत्ता स्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गरियो : नारायणकाजी

by समतल अनलाइन
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो तुच्छ सत्ता स्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने प्रवृत्तिले राष्ट्रिय स्वाधिनतामाथि खतरा उत्पन्न भएको बताएका छन् ।

प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको पुनः नियुक्तिपछि सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले आफ्नो तुच्छ सत्ता स्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने प्रवृत्तिले राष्ट्रिय स्वाधिनतामाथि खतरा पैदा गरेको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीमा ओलीको पुनः नियुक्तिमा भारतको भूमिका रहेकोप्रति संकेत गर्दै उनले आफ्नो सत्ता स्वार्थका लागि बिदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरुको क्रिडास्थल बनाउने कार्य अहिलेको मुख्य चुनौति भएको बताएका छन् ।

‘आफ्नो तुच्छ सत्ता स्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने, बिदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरुको क्रिडास्थल बनाउने कार्य र त्यसले राष्ट्रिय स्वाधीनता माथि पैदा गरेको खतरा नै आजको मुख्य चुनौति हो,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अतः सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं, सार्वभौमिकताको रक्षा गरौं ।’

बाह्य शक्तिहरु नेपालको संविधान र लोकतन्त्रका विरुद्ध आफ्नै एजेण्डा लाद्ने रणनीतिका साथ क्रियाशील भइरहेको र शासकहरुले उनीहरुको भूमिकाको लागि आधार तयार गर्ने काम भइरहेको उनले आरोप लगाएका छन् ।

‘बाह्य शक्तिहरु नेपालको संविधान र लोकतन्त्रका विरुध्द आफ्नै ‘एजेण्डा’ लाद्ने रणनीतिका साथ क्रियाशील भइरहेको, आफ्नो कुर्सी स्वार्थका लागि राष्ट्रिय स्वाधीनताको मुद्दालाई नै सौदाबाजीको बिषय बनाउने शासकहरुबाट उनीहरुको भूमिकाको लागि आधार तयार पारिएको छ,’ श्रेष्ठले भनेका छन्, ‘बाह्य ेन्द्रको अवाञ्छनीय हस्तक्षेप र तिनका घरेलु सेवकहरुका बिरुद्ध संघर्ष नगरी संविधान र लोकन्त्रको पनि रक्षा हुन सक्दैन, सामाजिक न्याय सहितको समृद्धि र समाजवाद त झन धेरै परको कुरा हुन जानेछ । यो यथार्थलाई समयमै गहिरो गरी आत्मसात गरौं ।’

You may also like

This will close in 0 seconds