वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण : डा. बाबुराम भट्टराई

by समतल अनलाइन
Shares

काठमाडौ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बना भएको बताएका छन् ।

‘जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ’, डा. भट्टराई सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएका छन् ।’

अदालत, संसद, मिडिया, आम जनताले तिरष्कार गरेका ओलीको विकल्प खोज्नै पर्ने उनले बताएका छन् । उनले सबैले आत्मसमीक्षा गर्नुपर्ने पनि बताएका छन् ।

प्रतिपक्षी दलहरुले बहुमतको सरकार दिन नसके पछि ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् । विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको हो । उनले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

You may also like

This will close in 0 seconds