काङ्ग्रेस रुपन्देहिको पार्टी कार्यालय स्वास्थ्यकर्मिलाइ

Shares

भैरहवा । नेपाली काङ्ग्रेस रुपन्देहिको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्य कर्मिले प्रयोगमा ल्याएका छन् ।

काङ्ग्रेस रुपन्देहिको भैरहवा रहेको पार्टी कार्यालयमा २५  बेड तया गरि बुधबार देखि भिम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मिलाइ अस्थायी रुपमा आवासकोलागी दिइएको काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनु भयो ।

कोरोना महामारी बढी रहेको अस्पतालहरुमा बिरामिको लागि बेड अभाव भैरहेको अबस्थामा यश अघिनै काङ्ग्रेस रुपन्देहिले दुई तले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितकोलागी आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

सोही बमोजिम भिम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिको महामारिका बेला बस्नलाइ भएको असुबिधालाइ मध्य नजर गरि बेड समेत तयार पारी आबासको रुपमा प्रयोगमा ल्याइएको उहाँले जानकारी दिनु भयो ।

आबस्यकता अनुसार अरु बेड पनि तयार गर्न सके र अन्य स्वास्थ्य सस्थाले समेत प्रर्योगमा ल्याउन सकेने समेत उहाँले जानकारी दिनु भयो ।

You may also like

This will close in 0 seconds