87
काठमाडौँ।आज शेयर बजार परिसूचक नेप्से २७.४७ अंकले बढ्दै २६७३.३२ विन्दुमा पुगेको छ । आज २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ताको किनबेचमा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
खरिदबिक्री भएका सबै समूहको सूचकमा हरियाली आएको छ । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपी हाइड्रो पावरको २० करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
