117
काठमाडौ। नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदहरुको राजीनामा तत्कालका लागि रोकिएको छ ।
सिंहदरबारमा आज विहान भएको छलफलपछि नेपाल–खनाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिष्कार समेत गरेको जनाइएको छ ।