ओलीलाई मतदान गर्नु भनेको लोकतन्त्रलाई झन् कमजोर बनाउनु हो : भीम रावल

by समतल अनलाइन
Shares

काठमाडौं । नेकपा एमालेका नता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई झन कमजोर बनाउनु मात्र हुने बताएका छन् । प्रतिनिभिसभा बैठक अघि सिंहदरबारमा बसेको नेपाल–खनाल समूहको बैठकपछि नेता रावलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको बताए ।

‘आफूले विश्वासको मत लिने एक दिन मात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुँदा बैठकमा उपस्थित नहुने निर्णय गरेका छौ’ रावलले भने ।

उनले ओली नै अवैध अध्यक्ष भएकाले ह्वीप मान्नु नपर्ने समेत बताएका छन् । नेता रावलले ओली नै सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडेकाले अवैध अध्यक्ष भएको बताए । ‘अवैध अध्यक्षले निर्देशन दिएको हामीलाई मान्य हुँदैन’, रावलले भने, ‘उहाँले सर्वोच्चको फैसला बमोजिम बैठक बोलाउनुपर्छ । पहिला ओली वैध हुनुपर्छ । त्यसपछि मात्रै ह्विप मान्छौं ।’

 

You may also like

This will close in 0 seconds