एकताकै पक्षमा माधव नेपाल समूह : तत्काल सामूहिक राजीनामा नदिने

Shares

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूह पार्टी एकताकै पक्षमा उभिएको छ । नेपाल पक्षका सांसदहरुले सामूहिक राजिनामा दिने चर्चा चलिरहेको बेला नेपाल समूह एकताकै पक्षमा उभिएको हो ।

आइतबार जुममार्फत बसेको स्थायी कमिटीको बैठकले तत्काल राजीनामा दिन नहुने निष्कर्ष निकाले एक स्थायी कमिटी सदस्यले बताए । पछिल्लो परिस्थितिको मूल्यांकन गरेर मात्रै राजीनामा दिने निर्णय उनको भनाई छ । ओलीले २ जेठ ०७५ मा पार्टीका कमिटी फर्काए राजीनामा नदिने ती सदस्यले बताए । २ जेठ ०७५ मा पार्टी कमिटी फर्काउन ओली सहमत भए एमाले एकताबद्ध हुने ती सदस्यको भनाई छ ।

आइतबार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चा चलेपछि अध्यक्ष ओलीले नेता नेपालसँग संवाद गर्न विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका थिए । पौडेल र नेम्वाङलाई नेता वरिष्ठ नेपालले २ जेठ ०७५ मा पार्टीका कमिटी फर्काउनुपर्ने अडान राखेका थिए ।

वरिष्ठ नेता नेपाल पक्ष एकताको पक्षमा उभिरहेको बेला प्रधानमन्त्री केपी ओलीले आइतबार नै चेतावनीपूर्ण वक्तव्य जारी गरी फ्लोर क्रस गर्ने, सामूहिक राजीनामा दिने जस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्। नेपाल पक्षलाई लक्षित गर्दै ओलीले अपराध कर्ममा सहभागी नहुन भनेका छन् । ओलीले भनेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र अनुरोध गर्दछु ।’

 

You may also like

This will close in 0 seconds