इडिभी २०२२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

by समतल अनलाइन
Shares

काठमाडौं। अमेरिकी सरकारको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अन्तर्गत २०२२ का लागि मागिएको आवेदनको नतिजा सार्वजनिक भएको छ।काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी दिएको छ ।

नतिजा हेर्नका लागि डिभी भर्दा आएको कन्फरमेसन नम्बर अनिवार्य रूपमा चाहिन्छ। नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी साइटमा नै उपलब्ध गराइएको जनाएको छ ।

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनौट भएको भन्ने बेहोराको इमेल नपठाउने भएकाले कसैले त्यस्तो इमेल पठाएमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

You may also like

This will close in 0 seconds