बुटवल ।लियो क्लब अफ बुटवलले कोरोना पीडित बिरामी हरुको लागि सहयोग गर्ने उदेश्यका साथ सूचना केन्द्र को संचालन गरेको छ, क्लबले सन्चालन गरेको उक्त सेवा बाट बिरामीहरुले स्थानीय स्तरमा भएको र उपलब्ध हुन सक्ने सुबिधा बारे जानकारी तथा सूचना समन्वय गर्न सक्नेछन ।
क्लब अध्यक्ष हिमालय भुसालका अनुसार उक्त कार्यक्रम बर्तमान अवस्था कोरोना माहामारी ले आक्रान्त भएको, उपचार अभाव भएर नै ज्यान गुमाउनु पर्ने अवस्था भएको कारण आफुहरु चिन्तित भएको र उपचार र आवस्यक सल्लाहको अभाव भएको कसैलाई पनि सहयोग गरेर ज्यान जोगाउन सकिन्छ कि भन्ने हेतुले सहायता कक्षको सोच बनाईएको जानकारी दिए। उक्त कार्य गर्नको लागि लियो क्लब अफ बुटवलले टिम नै बनाएर कार्य गरिरहेको छ जसमा रगत ब्यावस्थापन मा महेश खनाल, एम्बुलेन्समा हिमाल भुसाल, अक्सिजन ब्यावस्थापन मा अविनास श्रेष्ठ र रमेश न्यौपाने , हस्पिटल तथा बेड ब्यावस्थापन मा सागर भुसाल र प्रतीक खनाल रहेका छ्न।

कार्यक्रम संयोजक प्रतीक खनालले उक्त कार्यक्रम को बारेमा जानकारी दिदै आफुहरुले सेवा मा उचित सूचना दिने तथा मार्गनिर्देशन गर्ने कार्य मा सक्दो समन्वय गर्ने जानकारी गराए।
लियो क्लब अफ बुटवलले बिगत ३५ बर्ष देखि विभिन्न सामाजिक सेवा का कार्यहरु गर्दै आईरहेको छ।