123
सुनसरी। कोरोना भाइरस संक्रमणबाट सुनसरीको इनरुवाका आमा–छोरो मृत्यु भएको छ । आमा छोराको तीन दिनको अन्तरालमा मृत्यु भएको हो । ८४ वर्षीया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४ वर्षीय छोराको भने उपचारको क्रममा शनिवार कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तीन दिनको अवधिमा आमा–छोराकै ज्यान गएको र परिवारका अन्य व्यक्ति समेत संक्रमित रहेकाले घर रहेको आसपासको क्षेत्रमा सिल गर्ने विषयमा छलफल थालिएको प्रशासनले जनाएको छ ।
previous post