135
काठमाडौं। कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि विभागले आज विज्ञप्ति जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।
कर्मचारीलाई कोरोना पुष्टि भएको तथा उनीहरूसँग निकट सम्पर्कमा रहेका केही कर्मचारीलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको जनाउँदै विभागबाट प्रदान गरिने पत्रकारको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी नवीकरण, अनलाइन सञ्चार माध्यम नयाँ पुनः दर्ता नवीकरण र प्रसारणतर्फको सम्पूर्ण सेवा प्रवाह गर्दा बढी जनसम्पर्क हुने विभागको भनाइ छ ।