82
बुटवल ।रुपन्देहीमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ८२ जना महिला र १२२ जना पुरुष थपिएका छन् ।
जिल्ला स्वास्थ्यका अनुसार बुटवल उपमहानगरपालिकामा ९६ जना , तिलोत्तमा नगरपालिकामा ५०जना, सिद्धार्थनगर नगरपालिकामा ३० जना, सैनामैना नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ५ जना, गैडहवा गाउँपालिकामा ४ जना, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२ जना तथा सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन्। रुपन्देहीमा १७३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।