काठमाडौं । सरकारले कोरोना ‘हटस्पट’ मा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि अहिले देशभर लकडाउनको कुनै सम्भावना नभएको बताएको छ ।
सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘अहिले लकडाउनको कुनै तयारी छैन’, उनले भने, ‘स्थानीय तहले आवश्यकताअनुसार त्यो क्षेत्रमा गर्न सक्छन् । तर सरकारले देशभर लकडाउन गर्ने कुनै तयारी छैन ।’

‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल पालना गर्नुस् मात्रै भन्छौं,’ उनले सत्तारुढ दल एमालेको बैठकपछि भने, ‘लकडाउनले केहि दिनका लागि चेनब्रेक मात्र गर्छ, यसले धकेल्ने मात्र हो र आफैंमा समाधान होइन।’
अर्थतन्त्र पनि भर्खर तङरिन लागिरहेको हुँदा सकभर अर्थतन्त्र र मानिसहरुको जीविकामा प्रतिकूल असर नपरोस् भन्ने सरकारको चाहना रहेको उनले बताए।