विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा स्वागत सम्मान कार्यक्रम सम्पन्न

by समतल अनलाइन
679Shares

१५ साउन, बुटवल । विश्व हिन्दु महासघ जिल्ला शाखा रुपन्देही, श्री नव जागृति पुस्तकालय , बहुद्देश्य सामाजिक भवन ट्ष्ट, श्री सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैजू वृद्धाश्रमको संयुक्त आयोजनामा नियमित बैठक तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका वाड नम्बर ४ स्थिीत नव जागृति पुस्कालयको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले चार वटै संस्थाले गरेका गतिविधि बारे प्रकाश पारेका थिए । कार्यक्रममा श्री शिद्ध बाबा दुर्गा भवानी शिव कुमारी सैजू वृद्धाश्रमलाई संहयोग गर्ने लायन्स क्लव अफ बुटवल सयपत्रीका अध्यक्ष कल्पना शिवाकोटी, सचिव रेनु पाण्डे, निर्मला पौडेल, लायन्स कल्व अफ बुटवलका कोषाध्यक्ष कमला के.सी मातृभूमि बहुउद्देशिय सहकारी अध्यक्ष दामोदर ज्ञवाली लगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै स्वागत सममान कार्यक्रममा विश्व हिन्दु महासघको केन्द्रिय समितिको सदस्यमा मनोनित हुनु भएकोमा अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देही बाट प्रकाशित हुने ७३ औ ॐ ज्ञानज्योति पत्रिकाको प्रमुख अतिथि वरिष्ठ साहित्यकार विजय सागर र अन्य अतिथिहरु बाट संयुक्त रुपमका विमोचन गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार विजय सागर, विश्व हिन्दु महासंघका जिल्ला शाखा रुपन्देहीका वरिष्ठ उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्री डा बाबुराम ज्ञवाली , साहित्यकार वनमाली निराकार लगायतले बोलेका थिए ।

महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता , वरिष्ठ साहित्यकार विजय सागरको प्रमुख आतिथ्यता , साहित्यकार वनमाली निराकारको विशिष्ठ आतिथ्यता, विश्व हिन्दु महासंघ महिला समितिका अध्यक्ष अम्विका पौडेल क्षेत्रीको स्वागत , उर्मिला श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

You may also like

This will close in 0 seconds