जिम हाउस सञ्चालन गर्न वातावरण मिलाउन रुपन्देही र काठमाण्डौं फिटनेस संघको माग

by समतल अनलाइन
Shares

बुटवल । रुपन्देही शारीरिक सुगठन तथा फिटनेस संघ र काठमाण्डौं शारीरिक सुगठन तथा फिटनेस संघले कोरोनाको महामारीमा पनि जिम हाउस सञ्चालन गर्न वातावरण मिलाउन सरकार सँग माग गरेको छ । बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै फिटनेस संघ रुपन्देहीका  अध्यक्ष सितुप्रसाद श्रेष्ठले स्वास्थ्य मापदण्ड कायम राख्दै जिम हाउस सञ्चालन वातावरण मिलाउन सरकार सँग माग गरेका हुन् ।

त्यसै गरी फिटनेस संघ काठमाडौं अध्यक्ष  सुरेश सुबेदीले भारतको जयपुर उच्च अदालतले समेतले कोभिडको महामारीमा रोग प्रतिरोधात्मक क्षमता जिम तथा हेल्थ क्लबबाट बढ्ने हुदां जिम तथा हेल्थ क्लब निर्वाध रुपमा संचालन गर्ने निर्णय गरेका कारणले जिम हाउस संचालन गर्न सरकार संग माग गरेका छन् ।

पनि बिहिवार एक प्रेस विज्ञप्ति गर्दै स्वास्थ्य मापदण्ड पालना गर जिम हाउस संचालन गर्न माग गरेका छन् ।’

विज्ञप्तीमा भनिएको छ, ‘नेपाली समाज शारीरिक स्वास्थ्य प्रति क्रमशः सजग हुदै गरेको देखिन्छ । स्वास्थ्यप्रति सचेत भएका र छरितो आकर्षक शरीर बनाउन चाहने महिल तथा पुरुषहरु जिम धाउन थल्नेहरुको संख्या बढेसंगै शहरहरुमा हेल्थक्लब, जिम खुल्ने क्रम पनिसंगै बढेको छ । देश भरिमा खुलेका व्यायामशालाको लगानीलाइ मात्रै हेर्ने हो भने झण्डै अर्बाैको लगानी यस क्षेत्रमा भएको देखिन्छ । यी जिम क्लबहरुले देश विदेशमा हुने शारीरिक सुगठन खेलका खेलाडीहरु उत्पादन गरिरहेका छन् ।

इतिहास साक्षी छ, आजका मितिसम्म सयौं पटक यस खेलबाट भित्र्याइएका अन्तर्राष्ट्रिय पदकहरु यिनै निजी क्षेत्रबाट लगानी गरेर खोलिएका जिम हेल्थक्लबको लगानीको प्रतिफल हो भन्दा अतियुक्ति नहोला । प्रतियोगिताहरुको घोषणासँगै खेलाडीहरु व्यायामशालामा तपस्या सरह कठिन परिश्रम थाल्छन् भने यी हेल्थ क्लबहरुले आफ्ना खेलाडी अनेकौं सुविधाहरु दिएर उनिहरुको मनोबल उच्च वनाउने गरेका छन् । आज बिश्व कोभिडको महामारीले आक्रान्त छ ।

नेपालमा समेत यसको प्रभाव बढेसँगै नेपाल सरकारले निर्देशन जारी गर्दै रंगशाला, सिनेमा हलसगै व्यायामशाला समेत बन्द गर्ने निर्देशन दिएको छ । के विशुद्ध नाफा आर्जन गर्ने उद्देश्यले खोलिएका रात्रिकालिन क्लब डान्सबारहरुसंग समाज र देशलाई स्वास्थ्यको गोरेटोमा अगाडि बढाइरहेका हेल्थ क्लबहरुसंग तुलना गर्न मिल्छ त ? हाम्रो विचारमा रोग प्रतिरोधात्मक शक्ति शारीरिक व्यायामबाट झन बढ्ने गर्दछ ।

भारतको जयपुर उच्च अदालतले समेतले कोभिडको महामारीमा रोग प्रतिरोधात्मक क्षमता जिम तथा हेल्थ क्लबबाट बढ्ने हुदां जिम तथा हेल्थ क्लब निर्वाध रुपमा संचालन गर्ने दिनु भन्ने परमादेश जारी समेत गरेको अबस्था छ । स्वास्थ्य सम्वन्धि मापदण्ड लागू गरेर भए पनि यी राष्ट्रका गहना मानिने खेलाडी उत्पादन गर्ने जिम क्लबहरु (व्यायाम मन्दिर ) निर्वाध रुपमा संचालन गराउने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस ।’

 

 

You may also like

This will close in 0 seconds