बालिका प्रकरण : मुख्यमन्त्री शेरधन पत्नी जाङमु भन्छिन्, ‘मेरा पति लाख प्रतिशत निर्दोष’

by समतल अनलाइन
Shares

काठमाडौं, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमु शेर्पाले आफ्ना श्रीमानको राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै कडा विरोध जनाएकी छन् ।

आफूलाई प्रेममा धोका दिएको भन्दै बालिका खड्काले बिहीबार एमालेको नयाँ केन्द्रीय कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेकी थिइन्, तर प्रहरीले उनको प्रयास असफल पारेको थियो ।

सोही प्रकरणमा मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेकी हुन् । उनले आफ्ना पति सय, हजार मात्र होइन लाख प्रतिशत निर्दोष रहेको समेत दावी गरेकी छिन् ।

‘एउटा महिलाको नाममा यो हदसम्मका महिलाहरू पनि हुँदारहेछन् भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एक जना महिलाले गर्दै आएकी छिन्, यो ज्यादै नै दुःखद छ,’ जाङमुले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिएँ, तयार छु ।’

You may also like

This will close in 0 seconds