एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

by समतल अनलाइन
Shares

परासी । पश्चिम नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसि ले जिल्लामा आए देखि आपराधिक क्रियाकलाप गर्ने समूह र तस्करहरुको विरुद्ध कडा रुपमा प्रस्तुत भएका छ्न।

पश्चिम् नवलपरासीमा शान्ती सु-ब्यवस्था कायम राख्नमा कुनै कसर बाकी नराख्ने एसपी केसिले प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ । एसपी केसिले तस्कर विरुद्ध एक्सनमा आउदा करिब ११महिनामा ७करोड भन्दा बढी राजस्व संकलन गरेको प्रहरीले जनाएको छ।

यसैगरी एसपी केसिको बिशेष निर्देशनमा सुस्ता गाउँपालिका – ५ निवासी सुनिल भेडियार पाललाई अवैध हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको छ।

उनलाई रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित २२ बर्षिय सुनिल भेडियार पाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउदै गरेको युपि ५७ए.जेड.५०१९नम्बरको मोटरसाइकललाई रामनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नरायण लुइँटेलको नेतृत्वमा खटिएको प्रहरीले जाच गर्ने क्रममा मोटरसाइकल चालक सुनिललाइ उक्त हतियार सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। स्थानीय प्रहरी ले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

You may also like

This will close in 0 seconds