89
काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘हिटलर’ शैलीको मान्छे भएको बताएका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भ¥याङ बनाई दियो उसैलाई सडकमा पुर्याए’, नेता नेपालले भने, ‘शैली हिटलरको हो । तर हिटलर पनि बन्ने सम्भावना छैन ।’ अहिले नेकपा एमालेभित्रको विवाद चर्किदै गएर विभाजनको मुखमा पुगेको छ । ओलीले माधव नेपाललगायत चार नेताको पार्टी सदस्यता नै निलम्बन गरी दिएका छन् ।

यता ओलीको मनपरीको विरोेधमा लामो समयदेखि सक्रिय माधवकुमार नेपाल–झलनात खनाल समूहले भने देशभर समानान्तर कमिटी गठनलाई तीब्रता दिएका छन् ।