मदाने गाउँपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

Shares

गोबिन्द भुसाल
बुटवल । गुल्मीको मदाने गाउँपालिकामा गुल्मी आयुर्वेद स्वास्थ केन्द्र,तम्घास को आयोजना र गुल्मी मदाने सम्पर्क समाज रुपन्देहीको सह आयोजनामा विभिन्न किसिमका रोगहरुमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा डाक्टर अर्चना सुक्ला अध्यक्षताम रहनुभएको थियो भने प्रमुख अतिथिमा प्रदेश साम्सद दिनेश पन्थी रहनुभएको थियो त्यसै गरि जनप्रतिनिधि ,समाजसेवी, बुद्धिजीवी, तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।
निशुल्क आयुर्वेद स्वास्थ्य शिविर बैशाख ४गते शनिबार १ दिनको लागि संचालन भई अधिक मात्रामा बिरामीहरु उपस्थित गराई उपचार गर्न सफल भएको कुरा गुल्मी मदाने सम्पर्क समाज रुपन्देहीका महासचिव केदार प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सिबिरमा अग्लुङ, बाझकटेरी, म्यालपाेखरी मलागिरी, सिरर्सेनी, पुर्काेट दह ,भनभने लगायत का ठाँउहरुबाट ४०० महिला र १५५ जना पुरुस गरि जम्मा ५५५ जना विरामीकाे स्वास्थ्य परिक्षण गरिएको थियो।
स्थानिय बासिन्दाहरुलाई लक्ष्यित गरि संचालित स्वास्थ्य शिविरमा निशुल्क जनरल फिजिसियन, पेट,छाति,मुटु,सुगर रोग, हाडजोर्नी,बाथरोग,युरिक एसिड , स्त्रीरोग तथा पाठेघर सम्बन्धि र पाइस्ल तथा फिस्टुला सम्बन्धि रोगको उपचार सेवाहरु प्रदान गरिएको छ ।
जसअन्तर्गत सम्पुर्ण रोगको उपचार गराएका बिरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो।
निशुल्क आयुर्वेद स्वास्थ शिविर मदाने गाउँपालिका ४ म्यालपोखरी स्थित म्यालपोखरी स्वास्थ्य चैकिमा संचालन भई अनुभवी र दक्ष डाक्टरहरुको उपस्थितमा शिविर सम्पन्न भएको हो ।

 

You may also like

This will close in 0 seconds