70
काठमाडौं । सरकारले २ असोज ०७७ मा जनकपुर ल्याएर राखेका रेल ०७८ वैशाखमा सञ्चलान गर्ने तयारी गरेको छ । जनकपुर आइपुगेको ७ महिनापछि रेल सञ्चालनको अन्तिम तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १ सय जनजा कर्मचारी नियुक्त गरेको छ । त्यस्तै, भारतबाट २६ जना दक्ष जनशक्ति यही हप्तााभित्र आइपुग्ने निश्चित भएको छ । रेल सञ्चालनमा आउनुअघि कर्मचारीलाई दुई हप्ताको तालिम दिने कार्यक्रम छ ।
२५ वैशाखभित्र तालिमको काम सकेर रेल सञ्चालन गरिने तयारी छ । कुनै कारणले रोकिएमा जेठ पहिलो हप्तासम्म लम्बिएला, अन्यथा वैशाखभित्र नै रेल सञ्चलनमा ल्याउने हो, महाप्रबन्धक भट्टराईले भने । पछिल्ला ३ वर्षदेखि जनकपुर जयनगर रेल सञ्चलनको मिति तोक्ने, तर सञ्चालनमा नआउने भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट