136
काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।
यसअिघ गत चैत २२ गते मात्र मूल्य बढाइएको थियो । निगमका अनुसार अब काठमाडौंका लागि नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रोलको १२१ र डिजेल–मट्टितेलको १०४ रुपैयाँ निर्धारण गरिएको छ ।