127
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानीलगायत समृद्धिका आकांक्षा पूरा गर्न २०७७ साल निरर्थक नरहेको बताएका छन् । उनले गएको वर्ष असफलताको वर्ष मान्न नहुने दावी पनि गरेका छन् ।


नयाँ २०७८ सालको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मेलम्ची सपना साकार पार्न, कोभिडको नियन्त्रणलगायत काममा सफलता हात पार्न सफल भएकाले गतवर्ष सन्तोषप्रद रहेको बताएका हुन् । प्रधानमन्त्रीले कोभिडको दोस्रो लहर सङ्क्रामक ढङ्गले अघि बढेकाले सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।