116
काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु पर्यो । निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमिकतामा राखे पनि मुलुकको आर्थिक क्षेत्रका लागि २०७७ सुखद हुन सकेन ।
२०७८ लाई स्वागत गर्दा अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि २०७७ मा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायत सबै क्षेत्र प्रभावित भए। ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको भए पनि २०१९–२० मा आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक भयो। कोरोना असरका कारण अर्थतन्त्र ऋणात्मक भएको हो। पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर साढे ६ प्रतिशत माथि थियो ।
previous post