113
काठमाडौं। अहिले नेपालमा स्थानीय वायुको साथै पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको मौसमविदले जनाएका छन् ।आज (मंगलबार) अपराह्नपछि पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही भू–भागमा तुँवालोको असर रहने छ ।
हाल पहाडी भू–भागमा बदली रहेको तथा देशका धेरै स्थानमा तुँवालो रहेको जनाइएको छ । भोलि सुदूपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली हुने छ । पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि क्षणिक वर्षा हुने तथा केही भू–भागमा तुँवालोको असर रहने महाशाखाले जनाएको छ ।
previous post