131
तनहुँको व्यास नगरपालिका– ५ शेरा सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिइएको छ ।
डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो । कुमालगाउँका महिलाहरूले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरूले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
previous post