99
बुटवल ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
उनका अनुसार गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको हो भने चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।

मृतक दुवैमा निमोनियाको समस्या रहेको थियो । अहिले अस्पतालमा ७ जना संक्रमित उपचारार्थ रहेका छन् ।