110
बुटवल। द डाइनामिक फेसन स्टाइलले खाद्यान्न वितरण गरेको छ । आइतवार बुटवल देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो । चामल , तेल , चाउचाउ लगायतका खाद्य सामग्री सहयोग गरिएको हो ।
युवा युवतीहरुको व्यक्तित्व विकासका साथै उनीहरुको प्रतिभा उजागर र समाज रुपान्तरणमा युवाको सक्रियता बढाउने उद्देश्यले आयोजना भएको मोडल अफ तिलोत्तमा सिजन -२ का प्रतियोगीहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको द डाइनामिक फेसन स्टाइलका कार्यक्रम निर्देशक श्रेयान अचार्यले बताए ।

कार्यक्रममा द डाइनामिक फेसन स्टाइलका प्रमुख तथा कार्यक्रमका अर्गनाइजर सौरभ रेग्मी, सेक्युरिटी होमका प्रबन्ध निर्देशक माधव अर्याल लगायतको सहभागिता रहेको थियो ।